बस दुर्घटना हुँदा दुईको मृत्यु

323
0
Share:

रोल्पा।रोल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङस्थित जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बस दुर्घटनामा परि चालक २२ वर्षीय यमलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय सूर्यलाल जीएमको मृत्यु भएको हो। रुइनिवाङबाट लुङ्ग्री गाउँपालिकातर्फ जान लागेको बस जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा खोलामा खसेको थियो ।

१ जना यात्रु र चालकसहितको बस खोलामा खसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: