प्रधानमन्त्री ओलीको निर्देशन पछि सभामुख महराले पदबाट राजीनामा दिने

Share:

काठमाण्डौ।  सभामुख कृष्णबहादुर महरा माथि बलात्कार गरेको आरोप लागेपछि प्रधानमन्त्री के.पी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन समेत दिएका छन्।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको हो । पार्टीका अरु शीर्षनेताहरुले पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई राजीनामा गराउन दबाब दिएका थिए।

घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ।

यसका साथै सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिने भएका छन्। महरा स्वयमले पनि पार्टीका नेता तथा संसद सचिवालयका पदाधिकारीसँग छलफल गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: