
सिंगापुर। सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले टेष्ट राष्ट्र जिम्बावेविरूद्ध दोस्रो खेल खेल्दैछ। सिरिजको पहिलो खेलमा जिम्बाब्वेसंग पराजय भोगेको नेपालले आज पुनः जिम्बावेविरूद्ध खेल्न लागेको हो ।
आजको खेल सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुने छ। नेपालि समय अनुसार आजको खेल बेलुका ५:१५ मा सुरु हुने छ।
यस खेलमा नेपाल जित निकाल्दै सिरिज जित्ने अवसर मजबुत बनाउन चाहन्छ । साथै पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
यस्तै जिम्बाब्वे सिन्गापुरर्संगको हार पश्चात गल्ति सुधार्दै नेपाललाई पराजित गरेर तालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छ । सिरिजको अंक तालिकामा नेपाल शिर्ष स्थानमा रहेको छ भने जिम्बाब्वे दोश्रो र सिंगापुर तेश्रो स्थानमा रहेको छ।
यस खेल लाइभ हेर्नका लागि खेल सुरु भएपछी यसमा क्लिक गर्नुहोला !
