अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो, अब पासपोर्ट नम्बर पनि चाहिने

Share:

काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । सन् २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत डीभीको लागि आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन । डीभी भर्न चाहनेले तोकिएको समयभित्र डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्ने भनि सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: