बिग एफएमको ‘तिहारको खेल, मज्जाको खेल’ का विजेतालाई नगद पुरस्कार प्रदान

Share:

रेम बिक पोखरा, २३ कात्तिक । तिहारको अवसरमा पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले खेलाएको रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’ मा विजेता बनेका २१ जनालाई आईतबार एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ । रेडियो गेम शोका मुख्य प्रायोजक पोखरा थर्ड आई रिसर्च सेन्टरको कार्यालय परिसरमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार वितरण गर्दै बिग एफएमका अध्यक्ष महेश भण्डारीले रेडियो गेम शोका विजेताहरुलाई बधाई दिए । उनले स्रोताहरुको बाक्लो सहभागिता र पोखरा थर्ड आई रिसर्च सेन्टरको व्यवसायिक साथले मात्र ईभेन्ट सफल भएको भन्दै धन्यवाद ज्ञापन समेत गरे ।

Colour Pic

यस्तै पोखरा थर्ड आई रिसर्च सेन्टरका अध्यक्ष प्रकाश गैरेले रेडियो गेम शो निकै फलदायी भएको उल्लेख गरे । तिहारलाई रमाईलो गरि मनाउने उद्देश्यअनुरुप बिग एफएममार्फत स्रोताहरुसंग सम्पर्क बढाउन पाउँदा आफुहरुलाई खुशि लागेको उनले बताए । आगामी दिनमा पनि रेडियोसँगको व्यवसायिक सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता समेत जनाए ।

एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले कार्यक्रम अवधीभर गेम शो मा सहभागिता जनाउनका लागि २५ हजार एसएमएस आएको बताए । स्रोताहरुको उल्लेख्य सहभागिताले रेडियो गेम शो निकै उत्कृष्ट बनेको र आगामी दिनमा पनि स्रोताहरुको यस्तै सहयोगको अपेक्षा गरेको उनले बताए ।

आईतबारको पुरस्कार वितरण कार्यक्रममा सबैभन्दा बढि लामाचौरकी सुजाता सुवेदीले आठ हजार रुपैँया प्राप्त गरिन् । रेडियो गेम शो मा २५ हजार जना स्रोताहरुले सहभागिताको लागि एसएमएस पठाएको एफएमले बताएको छ ।

विभिन्न लक्की नम्बर छान्ने क्रममा उनले आठ हजार रुपैँया जितेकी हुन् । सबैभन्दा बढि जित्ने अर्का सहभागी बुद्धचोककी सुस्मिता अधिकारीले पाँच हजार रुपैँया प्राप्त गरिन् । यस्तै स्याङ्जाका कमल बरालले तीन हजार रुपैँया प्राप्त गरे । मालेपाटनकी सरस्वती पौडेल र माझठानकी विद्या भुर्तेलले २÷२ हजार रुपैँया प्राप्त गरे ।

गेम शो मा दुई जनाले जनही १५ सय रुपैँया प्राप्त गरे । यस्तै चार जना सहभागीले १÷१ हजार, एक जनाले ८ सय, अर्का एक जनाले ५ सय पचास, अरु चार जनाले जनही पाँच सय पुरस्कार स्वरुप प्राप्त गरे । यो पटक बिग एफएमले खेलाएको ‘तिहारको खेल, मज्जाको खेल’मा सहभागीहरुले २५ हजार रुपैँयासम्म जित्न सक्ने गरि खेल खेलाएको थियो । हरेक वर्ष तिहारको अवसरमा एफएमले यो रेडियो गेम शो गर्दै आएको छ । रेडियो गेम शो कुकुर तिहारदेखि ७ गते गोबद्र्धन पुजासम्म चलेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: