‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्ट सार्वजनिक, ड्राफ्टमा सन्दिप एक्ला नेपाली

Share:

पोखरा। इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगिता द हन्ड्रेडले आफ्नो ड्राफ्ट सार्वजनिक गरेको छ। द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने समेत परेका छन्।

सन्दिप ड्राफ्टमा पर्ने एक्ला नेपाली खेलाडी रहेका छन्। विदेशी कोटामा ड्राफ्टमा परेका सन्दिपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ ।

आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । यस प्रतियोगिता १०० बलको हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: