
पोखरा। सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले दोश्रो स्थान हात पारेको छ। बिहिबार राति भएको खेलमा जिम्बावेले सिंगापुरलाई ८ विकेटले पराजित गरेपछि नेपाल दोश्रो भएको हो।
इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो।जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै टोनी मुन्योगाले ४४ रन बनाए ।
जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको छ। समान ३-३ अंक बनाएका नेपाल र सिंगापुर रन रेटका आधारमा दोश्रो र तृतीय भएका छन्।
खस्कियो नेपालको वरियता
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ( आइसीसी )ले नयाँ टी–ट्वान्टी वरियता सार्वजनिक गरेक छ। नयाँ वरियतामा नेपाल एक स्थानले तल झरेको छ। यसघि ११ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा भने १२ औं स्थानमा झरेको छ।
नयाँ वारिताका आधारमा स्कटल्याण्डले ११ औं स्थानमा आफ्नो कब्जा जमाएको छ। स्कटल्याण्ड र नेपालको समान रेटिङ्ग पोइन्ट भएपनि स्कटल्याण्डले थोरै खेल खेलेका आधारमा नेपाल भन्दा एक स्थान अघि रहेको हो।
नयाँ वरियतामा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने बेलायत दोश्रो र दक्षिण अफ्रिका तेश्रो स्थानमा रहेका छ।

