बेगनासमा बस दुर्घटना, २५ यात्रु घाइते

Share:

पोखरा ।पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा बिहान साढे १० बजे ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको होे ।

बस दुर्घटनामा परी बसमा यात्रा गरिरहेका सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र लेखनाथ सामुदायिक अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: