जनताको आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व : नेता नेपाल

492
0
Share:

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्टको नाममा कलंक नबन्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढौं, तर बदनाम र कलंक बनेर नबसौँ ।’

पार्टीको अग्नी परीक्षा सुरु भएको भन्दै नेता नेपालले वडा, नगर, प्रदेश र संघले गरेका कामको जनताले मूल्यांकन गरिरहेकाले हिजो के भयो भन्ने भन्दा पनि आफ्नो कमजोरी स्वीकार गर्नुको विकल्प नभएको बताए ।

नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व भएको उनले बताए ।

आफ्नो सिद्धान्तमा निष्ठावान भएर जात, भूगोल, आफन्त, अनुहार हेरेर, रगत खकार जाँचेर नभई कम्युनिष्टले वर्गको आधारमा प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ ।

विधि, मापदण्ड र मूल्याकंन गर्ने काम कम्युनिष्टहरुको भएको भन्दै उनले काम नगर्ने तर पदको लोभ गर्नेलाई त्यो बानी त्याग्न आग्रह गरे ।

कार्यक्रममा नेकपाका नेताहरु लिलामणी पोखरेल, दिलिप प्रजापति, सोमप्रसाद मिश्रलगायतले देश र जनताका कामलाई अगाडी बढाउँदै पार्टी एकताको बाँकी कार्यभार पूरा पर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: