श्री ५ अम्बरेको कथा भिन्न छ , बिषयबस्तु राम्रो छ : दीपा बस्नेत

Share:

जीवनसाथि फिल्मस् को ब्यानारमा निर्माण भएको चलचित्र श्री ५ अम्बरे मंसिर ५ गतेदेखि देशभर रिलिज हुदैछ । दीपा बस्नेत द्धारा निर्देशित फिल्ममा   निर्माता द्धय टि एन र दिपक आचार्यले लगानी गरेका छन् । फिल्ममा सौगात मल्ल र केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । प्रचारप्रयासको लागि देश दौडाहामा निस्केको फिल्म युनिट काठमाण्डौ फर्किसकेको छ । भिन्दै कथा बस्तुलाई समेटेर तयार पारिएको यो फिल्मले ब्यबशायिक सफलता हात पर्नेमा निर्देशक दीपा बस्नेत ढुक्क छिन् । फिल्म प्रचारको लागि पोखरा आएको बेला बिग एफएमसँग  संगको कुराकानीमा उनले यस्तो दाबि गरेकी हुन् । प्रस्तुत छ उनिसंगको संक्षिप्त कुराकानी

फिल्म कस्तो छ ?

सोसल कमेडी ड्रामा हो यो , साथै फिल्ममा एउटा सस्पेन्स पनि छ । समाजमा देखिएका हरेक बर्ग जो उपेक्षामा छन्, हेलामा छन् , त्यस्तो बर्गको एउटा कथा छ श्री ५ अम्बरे भित्र ।

श्री ५ को सरकार, अर्थात् राजसंस्था गईसकेको बेला त्यसलाई झल्काउने खालको नाम छ कथाले राजसंस्थाको प्रतिनिधित्व त गर्न खोजेको छैन ?

एउटा सिंवोलको रुपम श्री ५ लाई राखेका छौ । यत्रो आन्दोलन गरेर श्रीपेच लगाएको राजालाई त हटायौ तर पनि मन भित्रको राजालाई हटाउन सकेनौ । जहिले हामी आफु राजा हुने आफै ठुलो हुने कोशिष गरिरहेका छौ । कहिले घरको, कहिले समाजको त कहिले देशको । त्यस्तै एउटा बर्ग भित्र पनि राजा बन्ने सपना भएको पात्र छ , श्री ५ अम्बरे ।

10301932_532794406849999_3081304768572588948_n

फिल्ममा सौगात मल्ल र केकी अधिकारीलाई फरक रुपमा पस्कन खोजिएको हो ?

फरक होईन । मात्र उनिहरुले कथाले मागे अनुसारको भूमिका मात्र निर्बाह गरेका हुन् ।

मंसिर ५ मा रिलिज हुदैछ, प्रचार प्रसार कसरी गरिरहनुभएको छ ?

प्रचारप्रसार तिब्र छ । यो मनमा हमेसा छाईरहने टाईटल गीत एकदमै हिट भएको छ । फिल्मको टेलर पनि धेरैले मन पराएका छन् । एकदमै राम्रो प्रतिक्रिया आएको छ । नेपाल सहित अमेरिकाको २१ ओटा राज्यमा एकैसाथ प्रदर्शनमा आउदैछ । देशभित्रपनि प्रचारप्रसारको क्रममा काठमाण्डौबाट धरान, दमक, बिर्तामोड, बिराटनगर, बुटवल , पोखरा हुदै काठमाण्डौ फर्किएका छौ ।

लगानी कति गर्नु भयो यो फिल्ममा ?

प्रचारप्रसार सहित ८५ लाख रुपैया पुगेको छ ।

तपाईको पहिलो फिल्मले ब्यबशायिक सफलता पाउन सकेन, दोस्रो फिल्म चल्छ भन्ने आधार के ?

पहिलो फिल्मले ब्यबशायिक सफलता हात नपारेपनि दोस्रो फिल्मको लागि बजार तयार गर्दिएको छ । यसअघिको फिल्मले अबको फिल्म श्री ५ अम्बरे चल्ने आधार बनाएको छ । अहिले त सबैले चिनिसक्नु भएको छ । मलाई चलचित्र क्षेत्रमा स्थापित गरेको पहिलो फिल्मले नै हो । त्यसैबाट मैले नेशनल अवार्ड समेत पाए । फिल्म राम्रो हुदा हुदै पनि बिभिन्न कारणले ब्यबशायिक सफलता हात नपारेको हो । अब यो फिल्म चल्छ र चल्नै पर्छ । जीबनसाथि फिल्मस् को ब्यानरमा निर्माण भएपनि निर्माता द्धय टि एन आचार्य र दिपक आचार्यले सहकार्य गर्नु भएको छ । हाई प्रोफाईलको मान्छे आज हामीसंग हुनुहुन्छ । त्यसैले पनि फिल्म चलाउन सजिलो भएको छ ।1472988_559929787469794_3228436754105468197_n

नेपालमा फिल्म प्रसस्तै बन्छन् तर कमैले मात्र ब्यबशायिक सफलता हात पार्छन् । के कमजोरीले होला यस्तो भएको ?

बिभिन्न कारणहरु छन् । एउटा मात्रै कारणले होईन । राजनितिक स्थिरता छैन, हलहरु स्तरिय छैनन् । चलचित्र पनि राम्रो बनेको छैन । बनेका चलचित्रको बितरण प्रणाली ठिक छैन । प्रचारप्रसारको पनि कमी छ । हामी निर्देशकहरुले नै राम्रा चलचित्र बनाउन सकेका छैनौ ।
फिल्म रिलिजको लागि कत्तिको सहज छ , बितरण प्रणाली कस्तो लाग्छ नेपालको ?

सिस्टम बनाउनु छ , सिस्टम अलिकति अफ्ठ्यारो छ नेपालको । बितरकहरु धेरै छन् । राम्रा चलचित्र भएपनि हल पाउन गाह्रो छ । तर श्री ५ अम्बरेको लागि भने सहज भयो । हलवालाहरु आफै आईरहेका छन् । डिमाण्ड धेरै भईरहेको छ ।

अन्तमा के भन्नुहुन्छ ?

श्री ५ अम्बरे मेरो दोस्रो फिल्म हो । चलचित्र क्षेत्रमानै भबिश्य देखेर आएको हु । कथा भिन्न छ , बिषयबस्तु राम्रो छ । त्यसैले एक पटक चलचित्र हेर्न हल सम्म आउनुहुनेछ सबै दर्शहरुले मन पराउनुहुनेछ र मलाई अझ हौसला प्रदान गर्नुहुनेछ भन्ने बिश्वास छ ।

 

कमेन्ट गर्नुहोस्
Share: