पोखरामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

Share:

पोखरा । पोखरामा सोमबार जीपले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पोखराको आद्योगिक क्षेत्रमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा-१४ चाउथेका १८ वर्षीय गणेश लामिछाने घाइते भएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

चाउथेबाट अमरसिंहतर्फ आउँदै गरेको ग १ ज ६८१२ नम्बरको जीपले सोही दिशाबाट आउँदै गरेको ग ७ प ८६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरीले ठक्कर दिने जीप चालक बीर बहादुर परियारलाई नियन्त्रणमा लिएको छ । सोमबार राति ८ बजे सो जीपले मोटरसाइकललाई ठक्कर दिएको हो । जीप चालक परियारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएर भागेका थिए ।

उनलाई अमरसिंहबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख दिपक के.सीले बिगखबरलाई जानकारी दिए । गम्भीर घाइते लामिछानेको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घट्ना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तस्बिर-सुरज श्रेष्ठ

कमेन्ट गर्नुहोस्
Share: