सीको भ्रमणमा उठाइने एजेण्डाबारे प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री छलफलमा

356
0
Share:

काठमाडौं ।  प्रधानमन्त्री केपीशर्मा ओलीले बिहीबार (आज) बिहान ६ पूर्वप्रधानमन्त्रीसँग छलफल चलाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै प्रधानमन्त्री ओलीले छलफलको लागि पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन्।

चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउनको लागि आवश्याक एजेण्डामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीबाट सुझाव माग गरेका हुन्। छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल लगायतका पूर्वप्रधानमन्त्रीको सहभागिता रहेको छ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै छलफल सुरु गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: