
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ। शुक्रबार राति ३० वर्षीया सारदाकुमारी चौधरी र ९ वर्षीय रचना चौधरीको हत्या भएको अवस्थामा शव भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा आमा छोरी मात्रै बस्ने गरेका उनीहरुको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको शव भ¥याङमुनि भेटिएको छ । सारदाका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।
घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर सहितको टोली जाँदै गरेको र घटनास्थलमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
