सादा पोशाकको प्रहरीभन्दै ठगी गर्ने एक जना पक्राउ

368
0
Share:

धनुषा । सादा पोशाकको प्रहरी भन्दै सर्वसाधारणलाई धम्की दिएर पैसा अशुल्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ सर्वसाधारणलाई प्रहरी भन्दै चेकजाँच गर्दै धम्की दिएर पैसा अशुल्दै गरेको अवस्थामा धनुषाको मिथिला बिहारी नगरपालिका–१० ठेरा बस्ने वर्ष २७ का विश्वनाथ साह लाई प्रहरीले पक्राउ गरेको हो ।

साहलाई धनुषाको विदेह नगरपालिका–९ इटहर्वा स्थित सशस्त्र प्रहरी गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको हो।

सोधपुछको क्रममा करिब ९ महिना अघि वैदेशिक रोजगारबाट फर्किए लगतै साहले प्रहरीभन्दै ठग्दै हिडेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका साहले प्रयोग गर्ने प्रदेश २–०३–००४ प २६०५ नम्बरको मोटरसाइकल, मोवाइल तथा अन्य सामग्री नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: