
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अधियान्ता डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि अनसनको घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले कात्तिक ८ गते सम्ममा माग पूरा नभए कात्तिक १३ गतेदेखि अनसन बस्ने चेतावनी दएिका हुन् ।
उनले सरकारले १० अर्व ठगी गर्ने मेडिकल कलेजलाई खुलेर संरक्षण गरेको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले प्रधानमन्त्रीले निजी मेडिकल कलेजसँग मिलेर मेडिकल विद्यार्थीसँग र तिनका अभिभावकलाई लुटेको आरोप लगाए ।
डा केसीले विद्यार्थीसँग मेडिकल शिक्षामा लिएको अवैध शुल्क फिर्ता गरि बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
