पोखरा, कात्तिक २६ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरीङ संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस पोखराका उपप्राध्यामक रन्जित कुमार गुप्तालाई एउटै समयमा दुई ठाउँमा नोकरीमा बहाल रहेको देखिएपछि भ्रष्टाचार मुद्दा लगाएको छ।
उनले २०५४ देखि ७१ सालसम्म प्राप्त गरेको तलब भत्ता, थप संचयकोष दशैँखर्च तथा अन्य भत्ता गरि कुल ३४ लाख ६६ हजार रुपैयाँ दोहोरो भुक्तानी लिएको अख्तियारको आरोप छ।
अख्तियारले, गुप्ताले लिएको दोहोरो भुक्तानीलाई विगो कायम गरि बुधवार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा प्रवेश गर्नु अघि नै उपप्राध्यापक गुप्ताले मनिपाल शिक्षण अस्पतालमा काम गरिरहेको उजुरीको आधारमा अख्तियारले छानविन गरेको थियो।

