महरालाई आज पुनः अदालत उपस्थित गराइँदैे

320
0
Share:

काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ । उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालदमा उपचार गराइरहेका महरालाई प्रहरीले आज फेरि अदालत लैजान लागेको हो ।

यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेपछि आज फेरि म्याद थप्ने तयारी रहेको बताइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला अदालतको अनुमतिमा प्रहरीले महरालाई गत असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

दसैं बिदापछि अदालत खुलेसँगै महरालाई अदालतमा उपस्थित गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: