
कैलाली। कैलालीमा कुटपिट गरि छिमेकी हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्। कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुर नगरपालिका–५ की ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको कुटाइबाट ३५ वर्षीया पुतली रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाले रावलमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाईते भएकी रावललाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यसपछि उनलाई भारतको लखनउ रेफर गरिएको थियो ।
उनको उपचारकै क्रममा लखनउमा असोज २९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकास सिंह कार्कीले बताए ।
