नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

349
0
Share:

काठमाण्डौ। काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेकाको साथबाट ५० हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

दशैंका समयमा उनीहरुले नक्कली नोटलाई बजारमा पुर्‍याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: