
स्याङजा। स्याङजा र गुल्मीलाई जोड्ने मोटरेबल पुल जीर्ण बन्दै गएको छ। रेप्कामा इटालियन कम्पनीले निर्माण गरेको दुई जिल्ला जोड्ने पुल जीर्ण बनेको हो। उक्त पुल २०५२ सालमा कालीगण्डकी जलविद्युत् परियोजना ए निर्माणको क्रममा निर्माण गरिएको थियो।
कालीगण्डकी नदीको पानीले पुलको पिल्लर भएको ठाउँको माटो बगाउँदा पुल जीर्ण बन्दै गएको हो। वर्षौदेखि जीर्ण रुपमा रहेको पुलबारे हालसम्म सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ।
यता गुल्मीको कालीगण्डकी गाउँपालिका–१ का वडाध्यक्ष ठानिश्वर पाण्डेले पुलमा आएको समस्या समाधान गर्नुपर्ने बताउँछन्। गाउँपालिकाका प्रमुख वेद थापा मगरले दुई वर्षअघिदेखिनै आफूले पुलको समस्या समाधान गर्न लागिपरेको बताउँछन्।
File Photo
कमेन्ट गर्नुहोस्
