रेम बिक / पोखरा, २८ कात्तिक । महानायक राजेश हमाल पहिलोचोटी श्रीमती मधु भट्टराईका साथ सार्वजनिक कार्यक्रममा सहभागि भएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको दोस्रो वृहत शैक्षिक मेलाको उद्घाटन समारोहमा उनी श्रीमती सहित पुगेका हुन् । यसअघि पनि पटक पटक पोखरा आउने जाने गरेपनि सम्पूर्ण पोखरा भ्रमण नीजि रहँदै आएको थियो । 
करिब एक घण्टासम्म चलेको उद्घाटन कार्यत्र mममा प्रमुख अतिथि बनेर आईपुगेका उनले विद्यार्थीहरुसँगै केहिबेर शैक्षिक अन्तरक्रिया समेत गरे । ‘खासगरि फिल्म पछि मेरो अर्को रोजाई भनेको शैक्षिक क्षेत्र पर्ने गर्छ ।’ राजेश हमालले उद्घाटन समारोहमा भने–‘र, युवापुस्तासंग शिक्षाको बारेमा अन्तरक्रिया गर्नु मेरो सँधैको ईच्छा हुनेगर्छ ।’ उनले वृहत शैक्षिक मेलामा युवापुस्ताको लागि शिक्षा निकै महत्वपुर्ण भएको बताए ।
उनले दक्षता अभिवृद्धिको लागि युवापुस्ताको रोजाई विदेश अध्ययन रहेको उल्लेख गर्दै राम्रोसंग बुझेर मात्रै वैदेशिक रोजाईमा जानुपर्ने सुझाव दिए । वैदेशिक अध्ययन पश्चात आफु दक्ष भैसकेपछि नेपालकै लागि त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए । विश्व ग्लोबल भिलेजको रुपमा परिणत भैसकेको अहिलेको अवस्थामा विद्यार्थीको कन्फ्युजन हटाउनका लागि पनि यस्ता खाले मेलाले सघाउ पु¥याएको उनले बताए ।
उद्घाटनमा हमाल पत्नी मधु भट्टराई भने बोलिनन् । राजेश हमालले आफ्नी श्रीमतीसहित मेलाको सम्पूर्ण स्टलहरु अवलोकन समेत गरेका थिए । नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष राजेन्द्र बराल, कास्कीका अध्यक्ष महेश भण्डारी, कार्यक्रमका संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष डिबि गुरुङ लगाएतले मेलाको उद्घाटनको क्रममा बोलेका थिए ।
दोस्रो वृहत शैक्षिक मेला कात्तिक ३० गतेसम्म चल्नेछ । मेलामा परामर्श लिनका लागि निशुल्क ईन्ट्रिको व्यवस्था गरिएको छ । मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको आयोजकले बताएका छन् । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।
