राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै

489
0
Share:

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) स्वदेश फर्कँदै छन् । उनी म्यान्मार र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै बुधबार स्वदेश फर्कन लागेकी हुन् ।

राष्ट्रपति भण्डारी जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन आइतबार म्यान्मारबाट जापान पुगेकी हुन्।
जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता भएको थियो। नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो।

यसअघि राष्ट्रपति भण्डारीले म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: