नयाँ हवाई नीति बनाउँदै सरकार

396
0
Share:

काठमाडौं। सरकारले ‘हवाई नीति–२०६३’ लाई परिमार्जन गर्दै नयाँ हवाई नीति बनाउने भएको छ । दुई महिनाभित्र नीतिको मस्यौदा तयार गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णयअनुसार गत असोज २९ गते गठित उक्त कार्यदलका सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, नेपाल वायुसेवा निगमका पूर्वउपमहाप्रबन्धक राजुबहादुर केसी, प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक संघका प्रतिनिधि सुमन पाण्डे र वरिष्ठ पाइलट दधिराम निरौला तथा सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य छन्।

कार्यदलले हवाई यातायातका क्षेत्रमा विश्वव्यापी प्रविधि, असल अभ्यास एवं सार्क मुलुकमा रहेको व्यवस्था र नेपालको बदलिँदो आवश्यकतासमेतलाई समष्टिगत रूपमा अध्ययन गरी नयाँ हवाई नीतिको मस्यौदा तयार गर्न ६० दिनको समय दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: