सकियो तीन दिने वृहत शैक्षिक मेला/ मेलामा विद्यार्थी र अभिभावकहरुको उल्लेख्य भीड : ईक्यान

Share:

रेम बिक ,पोखरा ३० कात्तिक/  विद्यार्थी र अभिभावकहरुको बाक्लो सहभागिता सहित दोस्रो ‘वृहत शैक्षिक मेला’ आईतबार सकिएको छ । विग एफएमको प्रस्तुतीमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले आयोजना गरेको तीन दिने वृहत शैक्षिक मेला निकै सफल भएको आयोजकले बताएका छन् ।

2

‘मेला निकै सफल रह्यो र आयोजकको रुपमा हामी पुर्ण रुपमा सन्तुष्ट छौँ ।’ ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले भने–‘विद्यार्थी र अभिभावकहरुमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विषयमा धेरै चासो रहेको हामीले पायौँ ।’ विशेषगरि कलेज लेभलका विद्यार्थी पुस्ता वैदेशिक अध्ययनका लागि निकै आकर्षित रहेको उनले बताए ।

अघिल्लो वर्षको तुलनामा यो पटकको मेलामा विद्यार्थी तथा अभिभावकहरुको भीड अझै लागेको आयोजकले बताएका छन् । तीन दिने मेलामा विद्यार्थी तथा अभिभावकहरुले निशुल्क रुपमा परामर्श लिन पाएका थिए । ‘धेरै तर गुणस्तरिय अभिभावक र विद्यार्थीहरुले मेलामा सहभागिता जनाएको हामीले पायौँ ।’ मेला संयोजक डि.बि. गुरुङले भने–‘तीन दिन कुनै पनि स्टल खाली बस्नु परेन, सबै स्टल व्यस्त बन्यो ।’

मेलाको निरन्तरताको लागि पनि यो सँस्करणको वृहत शैक्षिक मेलाले थप उत्साह थपेको आयोजकले बताएका छन् । यस क्षेत्रका विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जानका लागि कुनै गाह«ो नहोस् भन्ने हेतुले निशुल्क शैक्षिक मेलाको आयोजना गर्दै आएको पनि ईक्यान कास्कीले दाबी गरेको छ । ‘शैक्षिक मेलाको दुईवटा हामी निकै उत्साहित छौँ ।’ ईक्यान कास्कीका सचिव मिलन तिवारीले भने–‘मेलाबाट विद्यार्थी अभिभावक र परामर्शदाताहरु सबैले फाईदा लिन पाएका छन् ।’

1

नेपाली फिल्मका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले उद्घाटन गरेर मेलाको शुरुवात भएको थियो । तीन दिने मेलामा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिएका थिए । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको समेत सहभागिता जनाएका थिए ।

मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटि एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेको थियो । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको थियो भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको थियो ।

मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्यूट प्रालि, साकुरा जापनीज ल्याङग्व्वेज ईन्स्टिच्यूट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका थिए । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको थियो

कमेन्ट गर्नुहोस्
Share: