किन भए जनकपुरका सबै पेट्रोल पम्पहरु बन्द ?

1039
0
Share:

जनकपुर । प्रदेश नम्बर २ का सम्पूर्ण पेट्रोल पम्पहरु बन्द भएको छ । आज विहानैदेखि प्रदेश नम्बर २ को ८ वटै जिल्लाको सम्पूर्ण पेट्रोल पम्प सञ्चालकले बन्द गरेका हुन् ।

पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या भएको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले धनुषाको सम्पूर्ण पेट्रोल पम्प बन्द रहेको घोषणा गरेको छ ।

एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न समेत माग गरेको छ ।

गत बुधबार जनकपुरमा पेट्रोल पम्प सञ्चालक व्यवसायी मनोज साहलाई अर्का निर्माण व्यवसायी पंकज चौधरीले लेनदेनको विषयमा आफ्नै घरमा गोली हानी हत्या गरेका थिए । अभियूक्त पंकज प्रहरीको नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: