एउटै जुवाको खालबाट दुई करोड ६७ लाख नगद सहित २५ जुवाडे पक्राउ

825
0
Share:

काठमाडौं। जुवा खेलिरहेको अवस्थामा काठमाण्डौको महाराजगञ्जबाट महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले रु दुई करोड ६७ लाख नगद सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा शनिबार राति जुवा तासको ठूलो खेल चलिरहेको विशेष सुचनाको आधारमा उक्त स्थानमा प्रहरीले छापा मार्दा २ कारोड ६७ लाख नगद र ३ करोडको चेक सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी गराएको छ ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीपबोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशनतामाङ, रामतामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवनअग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्तिलामा, भक्ततामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन्।

पक्राउ परेकालाई परिसरमा राखेर अनुसन्धान भइरहेको र उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: