गण्डकी प्रदेशका तीन जिल्लामा तिहार लक्षित बजार अनुगमन (अडियो सामग्री)

Share:

पोखरा । गण्डकी प्रदेश सरकार मातहतको ‘गण्डकी प्रदेश बजार अनुगमन टोली’ बजार अनुगमनमा सक्रिय बन्न थालेको छ । दशैं नजिकिदै गर्दा प्रदेश सरकारले बजार अनुगमन निर्देशिका पास गरेपछि समिति बनाएर अनुगमन शुरु गरिएको थियो ।

दशैंमा पोखरामा मात्र सक्रिय बनेको सो समितिले तिहारमा भने प्रदेशअन्तर्गतका तीन जिल्लामा अनुगमन गरेको जनाएको छ । टोलीले कास्की, तनहुँ र लमजुङ्गमा अनुगमन गरेको हो ।

अहिले समयअभावका कारण सबै जिल्लामा पुग्न नसकेको तर तिहार बिदा सकिएलगत्तै अन्य जिल्लामा पनि पुग्ने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

‘प्रदेशका सबै जिल्लामा अनुगमन गर्ने हाम्रो अभियान छ, तिहारमा तीन वटा जिल्लामा मात्र ग¥यौं,’ उनले भने, ‘अब तिहार बिदा सकिएपछि सबै जिल्लामा पालैपालो पुग्छौं ।’

यस्तै उनले प्याकेजिङ गरिएका खाद्य पदार्थ खरिद गर्दा सचेत रहन पनि आग्रह गरेका छन् । ‘बाहिर हेर्दा राम्रो देखिएका वस्तुको गुणस्तर राम्रो भेटेनौ, त्यसैले आम उपभोक्तालाई सामान खरिद गर्दा सचेत बन्न म आग्रह गर्छु, ’ उनले भने ।

सो टोलीले गण्डकी प्रदेश अन्तर्गतका खाद्य, लत्ताकपडा, उद्योगलगायत पसलमा अनुगमन गर्न पाउँछ । साथै अनुगमन गरेर कारबाहीका लागि सिफारिस गर्ने अधिकार समितिलाई छ ।

अडियो सामाग्री सुन्नुहोस::

कमेन्ट गर्नुहोस्
Share: