नेवार समुदायले आज किजा पूजा मनाउँदै

395
0
Share:

काठमाडौं । नेवार समुदायले आज किजा पूजा मनाउँदै छन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाइदै छ । कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् ।

किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । सरकारले नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: