
काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने सर्वाधिक धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी बनेका छन् । चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षण अनुसार सन्दीपले आठ राष्ट्रमा क्रिकेट खेलेका छन् ।
अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा सन्दीपले आठ राष्ट्रको भ्रमण गरेको सर्वेक्षणले देखाएको छ ।
सन्दीपसँगै अफगानिस्तानका नाजिबुल्लाह जाड्रनले पनि आठ राष्ट्रको भ्रमण गरेका छन् । सर्वेक्षणमा सन्दीप र जाड्रन संयुक्त शीर्ष स्थानमा रहेका छन् ।
सन्दीपले भारतको आईपीएल, बंगलादेशको बिपीएल, अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानाडाको ग्लोबल टी-ट्वान्टी र युएईको टी-१० लिग खेल्ने क्रममा उक्त राष्ट्रको भ्रमण गरेका हुन् ।
