कपिलवस्तुमा गोलि लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक

536
0
Share:

कपिलवस्तु। कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपुरमा मारिने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको जानकारी दिए ।

पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासकीय अधिकृत सैनीले बताए ।

बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि बुधबार प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।

मुर्ति बिसर्जनका बिषयमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कृष्ण नगर बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

बिहिबार बिहान ११ बजेबाट अर्को आदेश नभएसम्मका लागि प्रशासनले कृष्णनगर भन्सार कार्यालयको उत्तरतर्फ सात सय मिटर र पश्चिम तर्फ सात सय मिटर, र पुर्व तर्फको तीन सय मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: