पोखराबाट साढे तीन लाखसहित १० जुवाडे पक्राउ

Share:

पोखरा । पोखराबाट साढे तीन लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन । पोखरा-८ आलुमाइलाचोकमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले गोप्य सूचनाको आधारमा बिहिबार ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

स्थानीय धर्मेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेका उनीहरुलाई एक बुक ताससहित पक्राउ गरिएको हो । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: