
पोखरा, १ मंसिर / तेस्रो राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम अनुसार सोमबार पोखरामा आन्तरिक राजश्व कार्यालय पोखरा र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वृहत ¥याली निकालिएको । पोखरा उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको ¥याली चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, सिर्जना चोक, रत्नचोक हुँदै आन्तरिक राजश्व कार्यालयमा पुगेर समापन गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष, उद्योगी, व्यवसायी, कर सहयोगी श्रमिक संगठन, आन्तरिक राजश्व कार्यालय पोखराका कर्मचारीहरु ¥यालीमा सहभागी थिए । ‘करदाता ( मैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान’ नाराका साथ यो वर्ष कर दिवस मनाउन लागिएको छ ।
¥याली समापन कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत जगदीश्वर उपाध्यायाले निजी क्षेत्रसंग सहकार्य गर्दै आफूहरु अघि बढ्ने बताए । उनले भने, हामीले पारदर्शी कर प्रणाली लागू गरेका छौं, करदातासँग सहकार्य गरेर अघि बढ्छौं।’ उत्कृष्ट करदातालाई सम्मान, करदाता शिक्षा नियमित गर्दै करको दायरा समेत विस्तार गर्दै लैजाने योजना उनले सुनाए ।
सो अवसरमा लेखनाथ उवासंघका अध्यक्ष बाबुराम गिरी, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष हरि शर्मा गैरैले सरकारी र निजी क्षेत्रको सहकार्यबाट नै सफलता मिल्ने बताए । कर तिर्नबाट भाग्ने नभएर दायरामा ल्याउन नियमित रुपमा करदाता शिक्षाको आवश्यकता रहकोमा उनीहरुको जोड थियो ।
मंसिर ७ गते समापन सप्ताह अन्तर्गत मंसिर ३ गते विभिन्न वस्तुगत संघसंस्था, पत्रकारहरु संग करदाता शिक्षा तथा अन्तक्रिया, ५ र ६ गते कर शिविर तथा घुम्ती सेवा संचालन गरिने छ । अन्तिम दिन यो क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दै कर सप्ताहको अन्त्य गरिने प्रमुख कर अधिकृत उपाध्यायाले बताए ।
यसैबीच आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्षको चार महिनामा लक्ष्य भन्दा एक सय २७ प्रतिशत बढी कर संकलन गर्न सफल भएको छ । प्रमुख कर अधिकृत उपाध्यायका अनुसार, ७१ करोड लक्ष्य रहेकोमा ९१ करोड रुपैयाँ संकलन गर्न कार्यालय सफल भएको छ । यसमा आयकरको हिस्सा सबैभन्दा बढी अर्थात् ३६ करोड २१ लाख रुपैयाँ छ । त्यसपछि अन्तशुल्क ३० करोड ४३ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर २२ करोड ४० लाख रुपैयाँ उठेको छ ।
सरकारले आर्थिक ऐन २०७१ मा कर छुटको विशेष योजना ल्याएको र यसमा पनि उल्लेख्य सहभागिता रहेको उनले बताए । विशेष योजना अनुसार, फर्मलाई आव २०६७÷६८ यताको शुल्क र ब्याज नलाग्ने, दर्ता भए पनि आय विरणर नबुझाएकालाई पनि शुल्क र ब्याज मिनाह गर्ने प्रावधान राखिएको छ । मिसम्याचमा पनि विशेष योजना ल्याइएको उपाध्यायले बताए ।
आन्तरिक राजश्व कार्यालय पोखरामा हालसम्म व्यक्तिगत समेत गरी ८८ हजार करदाता पुगेका छन् । तीमध्ये व्यावसायिक संस्था ६३ हजार पाँच सय रहेकामा मूल्य अभिवृद्धि करमा मात्र आठ हजार चार सय करदाता आबद्ध भएका छन् । चालु आवको चार महिनामा मात्र स्थायी लेखा नम्बरमा दुई हजार तीन सय ३४ र मूल्य अभिवृद्धि करमा पाँच सय ६६ करदाता थपिएका छन् ।
Photo: Bharat Koirala
