महराविरुद्ध थुनछेक बहस आज हुँदै

253
0
Share:

काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन ।

शुक्रवार (आज) जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्नेछन् । महराको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा परेको छ। गोलाप्रथाद्वारा महराको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा परेको अदालत स्रोतले जानकारी दिएको छ। पाण्डे काठमाडौं जिल्ला अदालतका १ नम्बर न्यायाधीश हुन्।

थुनछेक बहस भएपछि अदालतले महरालाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ। महराविरुद्ध जबरजस्ती करणी उद्योग र उच्च ओहोदाको दुरुपयोग गरी कसूर गरेको अभियोगमा गरी कूल ७ वर्ष ६ महिनाको कैद सजाय मागदाबी गरिएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: