आज छठको तेस्रो दिन

253
0
Share:

काठमाण्डौं ।  आज छठ पर्वको तेस्रो तथा मुख्य दिन । अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ दिई मनाईंदैछ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका परिकार चढाउने गरिन्छ ।

आजका दिन व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई पोखरी नदी वा पवित्र जलाशयमा उभेर ढकनारसर्वा (माटोले निर्मित भाड़ा वर्तन),कनसुप्ति, छिट्टा ९बाँस ले निर्मित सामग्री० सहितका भाड़ा वर्तनमा राखिएको केरा,स्याऊ,ठेकुवा,भूस्बा,खाजा,लड्डू सहितका सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् । सन्तानको लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने जनविश्वास छ।

भोलि चोथौ तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो बार्ने गर्छन । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।

विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी भेगमा पनि मनाउन थालिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: