छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामाना

250
0
Share:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि, सद्भाव र एकताका साथै प्रगतिको कामना गरेकी छन् ।

छठका अवसरमा आज दिनुभएको सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता बलियो बनाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेछ भने विस्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिको सन्देशमा छ, ‘पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपसासना गरेर तराई मधेसमा मनाइने छठ पर्व आज अन्य क्षेत्रमा पनि विस्तार हुँदै आएको छ । छठले तराई–मधेसलाई पहाड हिमालसँग जोड्ने गरेर सुखद सन्देश दिंदै आएको छ।’

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरणसमेत गरेका छन् । ‘यो कृतज्ञता र प्रकाशको चाड हो। यो न्यानोपनको चाड हो। यो जीवनको र सृष्टिको चाड हो,’ उनले भनेका छन्, ‘यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो।’

कमेन्ट गर्नुहोस्
Share: