नेतृत्व मञ्च पोखराको औपचारिक घोषणा कार्तिक २३ गते

Share:

पोखरा । नेतृत्व मञ्च पोखराको औपचारिक घोषणा आउँदो कार्तिक २३ गते हुने भएको छ । कार्तिक २३ गते शनिबारका दिन एक कार्यक्रम गरी औपचारिक घोषणा गरिने संस्थाकी सचिव दिपा अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

उक्त कार्यक्रममा पोखराका विभन्न राजनीतिक दलहरुमा क्रियाशील भएका राजनीतिज्ञहरु र सामाजिक अभियान्ताबाट विशेष सम्बोधन, विज्ञ व्यक्तित्वबाट २ वटा फरक विषयमा प्रस्तुती सत्र, एउटा प्यानल छलफल, वडा संयोजक घोषणा लगायतका कार्यसूची समेटिएको अधिकारीले बताइन्।

त्यसपश्चात छलफल र सहभागीबाट प्रश्न सहित ‘बाल तथा युवा संगठनबाट नेतृत्व विषयक प्यानल छलफल’ संचालन हुनेछ। उक्त सत्रमा बाल अधिकारका लागि राष्ट्रिय अभियानका तर्फबाट धिरज जोशी, महानगर बाल मञ्च , पोखराको तर्फबाट एलिना श्रेष्ठ, उर्जा ल्याबको तर्फबाट आश्विन कार्की, युवा बैचारिक समाज,पोखराको तर्फबाट अर्पना केसी र दारी ग्याङ्ग पोखराको तर्फबाट बसन्त पहारी वक्ताको रुपमा सहभागी हुनेछन । सो सत्रलाई नेतृत्व मञ्च, पोखराका संस्थापक सदस्य दर्शन ढुंगानाले सहजीकरण गर्ने मञ्चले जनाएको छ ।

त्यसपछि पूर्वाधार नीति विज्ञ डा. सूर्यराज आचार्यबाट प्रस्तुतीकरण र अन्तरक्रिया सहित ‘नेतृत्व र पूर्वाधार विषयक बहस’ संचालन हुनेछ । त्यस पछि मञ्चको प्रारम्भिक समिति घोषणा, सदस्यता वितरण, केही वडाका लागि वडा संयोजक घोषणा, विभन्न पृष्ठभूमिका व्यक्तिहरुबाट शुभकामना मन्तव्य र केही मनोरन्जनात्मक प्रस्तुतीहरु रहने संयोजक आरोग्य मोहन काफ्लेले बताए ।

विशेष सम्बोधनमा सामाजिक अभियान्ता केपी खनाल, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष कृष्ण बहादुर थापा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति कास्कीका सचिब सुदिप मोहन भट्टराई र साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारी वक्ताको रुपमा रहनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: