गुट उपगुटको अन्त्य गरी निर्वाचन लड्नु आवश्यक: सभापति देउवा

331
0
Share:

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुट उपगुटको अन्त्य गरी निर्वाचन लड्नु आवश्यक रहेको बताएका छन्। यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने समेत बताएका छन् ।

आज कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काङ्ग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्
Share: