बेलायती संसद्मा भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरिने

349
0
Share:

पोखरा। नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवर्द्धन बेलायती संसद्मा समेत गरिने भएको छ। बेलायतको माथिल्लो सदनमा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

बेलायतको हाउस अफ लर्ड्समा कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसकेका छन् ।

कार्यक्रमको मुख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्द्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: