सागका खेलाडी र प्रशिक्षकलाई खेल मनोविज्ञान तालिम

496
0
Share:

पोखरा । नेपालमाआयोजनाहुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि जुटीरहेका खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषदले खेल मनोविज्ञान तालिम दिएको छ ।  राखेपले पोखरामा प्रशिक्षणमा रहेका व्याडमिन्टन, आर्चरी, महिलातथापुरुष ह्याण्डबल टिम, महिला फुटबलका खेलाडीलाई यस्तो तालिम दिएको हो ।

सागको तयारीमा रहेका खेलाडीलाई मनोवैज्ञानिक रुपमतयार गर्न र उनीहरु भित्र रहेको अन्र्तनिहित क्षमता वृद्धी गरि खेल नतिजामा प्रभाव गर्न यस्तो तालिम दिइएको नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष एवम् साग तयारी समिती पोखराका सदस्य तेज गुरुङले बताए ।

तिनदिन सम्म चल्ने तालिममा खेलाडीलाई विहान र बेलुका गरि ४ घन्टा तालिम दिइनेछ भने महिला फुटबलका खेलाडीलाई भने एक दिने तालिम पोखरा बाहिर दिइने उपाध्यक्ष गुरुङले बताए ।

खेलाडीलाई दिइने मनोविज्ञान तालिमको सहजिकरण भिजनरी इन्टरनेशनलका प्रशिक्षक एवम् मनोविज्ञ इन्द्र गुरुङले तथा उक्त संस्थाका अध्यक्ष एवम् मनोविज्ञ राजेश्वरी श्रेष्ठले सहजिकरण गर्नेछन् । यि दुबै मनोविज्ञले १२ औं सागमा समेत खेलाडीलाई तालिम दिएका थिए । जसका कारण खेल नतिजामा समेत राम्रो प्रभाव परेको थियो ।

त्यही नतिजाका कारण १३ औं सागमा समेत खेलाडीलाई मनोबैज्ञानिक रुपमा तयार गर्न नेपाल ओलोम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले यस्तो व्यवस्था गरेको उपाध्यक्ष गुरुङले बताए । यसा अघि १३ औं सागको तयारीमा रहेका महिला तथा पुरुष खेलाडीलाई म्याग्दीको टोर्केमा तालिम दिएको गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: