एक दम्पतिको शव क्षतविक्षत अवस्थामा फेला

692
0
Share:

काभ्रेपलाञ्चोक : नमोबुद्ध नगरपालिका–८ डराउने पोखरी तल्लो हटियामा एक दम्पती मृत फेला परेको छ।

चिया पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु श्रेष्ठ मृत फेला परेको एसपी जयराज सापकोटाले जनाकारी दिए।

क्षतविक्षत शव सिरकले छोपेको अवस्थामा भेटिएको प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीले बताए। घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ।

कमेन्ट गर्नुहोस्
Share: