
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार उद्घाटन अघिनै भलिबलका खेल सुरु हुने भएको छ ।
तालिकाअनुसार भलिबलका खेल मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । सागको औपचारिक उद्घाटन भने मंसिर १५ गते काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।
राखेपका अनुसार सागको उद्घाटन अगाडी भलिबल सहित तीन खेल सुरु हुनेछ ।
उद्घाटन अगाडि भलिबल सहित, प्याराग्लाईडिङ र उसुका खेल उद्घाटन अघिनै सुरु हुनेछन् ।
कमेन्ट गर्नुहोस्
