निरन्तर घट्दै सुनको मूल्य, कति छ आजको मूल्य ?

Share:

काठमाडौँ– नेपालि बजारमा सुन को मुल्या निरन्तर घटिरहेको छ। साताको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबार ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: