कुवामा डुबेको अवस्थामा स्याङ्जामा ५० वर्षीय पुरुषको शव भेट्टियो

Share:

स्याङ्जा। कुवामा डुबेको अवस्थामा स्याङ्जामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरास्थित गौडाकुवामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका ५० वर्षीय सोमबहादुर विकको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

ज्याला मजदुरीमा काम गर्दै आएका उनी मंगलबार राति कुवामा डुबेका हुन सक्ने प्रहरीको अनुमान छ। १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बस्दै आएका उनको शव बुधबार बिहान स्थानीयले देखेका थिए ।

शव पोष्टमार्टमका लागि वालिङ लगिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: