
पोखरा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारतले नेपाली भू-भाग समेटेर जारी गर्नुलाई नेपालमाथिको हमला भएको टिप्पणी गरेको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै भारतले नेपालको स्वाधिनतामाथि ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको बताउंदै विभिन्न विरोध कार्यक्रम घोसणा गरेको छ।
नेकपाले यही कात्तिक २१ गते मसाल जुलुस, २२ गते कोणसभा, कार्तिक २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन, २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने, र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने कार्यक्रम तय गरेको छ ।
कमेन्ट गर्नुहोस्

