काठमाडौं, मंसिर २ । सन् २०१२ र २०१३ को बीचमा आतंकवादका कारण मारिनेको संख्यामा ६१ प्रतिशतले बृद्धि भएको एक तथ्यांकले जनाएको छ । अन्तर्राष्ट्रिय आतंकवादका बारेमा गरिएको एक अध्ययनका अनुसार सन् २०१३ मा झन्डै १० हजार आतंकवादी आक्रमण गरिएको थियो । जुन गत वर्षको तुलनमा ४४ प्रतिशतले बढी हो ।

सन् २०१३ मा मात्रै झन्डै १८ हजार मानिस मारिए । यी मृत्युका पछाडि उग्रवादी संगठन इस्लामिक स्टेट, अलकायदा, बोको हराम र तालिबानको हात रहेको वैश्विक आतंकवाद सूचकांक २०१४ ले जनाएको छ ।
आतंकवादबाट सबैभन्दा बढी प्रभावित मुलुक इराक रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
आतंकवादका कारण मारिनेमा इराकका अतिरिक्त अफगानिस्तान, पाकिस्तान, नाइजेरिया र सिरिया बढी रहेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
