
पोखरा। प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
धनराज गुरुङ, देजराज चासिले लगायतका नेतालाई पछि पार्दै ७५ वर्षीय पौडेलले टिकट पाएका हुन् । उनले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित भएको तर्क गरे ।
यस्तै राप्रपाका रोम बहादुर भण्डारीले पनि उम्मेदवारी दर्ता गराएका छन्। पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।
यो पनि:
कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता
कमेन्ट गर्नुहोस्
