काठमाडौं, मंसिर २ । बंगलादेशमा भएको विश्वकप ट्वेन्टी–२० क्रिकेट खेलेपछि टी–२० को मान्यता पाएको नेपालले बुधबारदेखि हङकङसँग ट्वेन्टी–२० श्रृंखला खेल्दैछ ।
श्रीलंकामा रहेको नेपालले हङकङसँग तीनओटा टी–२० खेल्न लागेको हो । दाम्बुलामा हुने खेल नेपाली समयअनुसार बुधबार बिहान सवा १० बजे सुरु हुनेछ ।
यसअघि नेपालले आठ वर्षपछि पहिलोपटक श्रीलंकाका दुई टिमसँग प्रथम श्रेणीका दुई खेल खेलेको थियो ।
नेपालले कुरुनेगाला ११ सँग पराजय बेहोर्दा कम्बाइन ११ सँग बराबरी खेलेको थियो ।
कमेन्ट गर्नुहोस्

