
तनहुँ। भारतले नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेको भन्दै तनहुँको विद्यार्थीहरु आन्दोलित भएका छन् । नेपाल भारतको सिमानामा पर्ने कालापानी लिपुलेक लगायकतको भूमि अतिक्रमण गरेको भन्दै भारत विररुद्धको नारा सहित जिल्लामा विभिन्न राजनितिक दलका विद्यार्थी भातृसँगठनहरु आन्दोलित भएका हुन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराका विद्यार्थीहरु भारतले केही दिन अघि सार्वजनिक गरेको नक्साको विरोध सहित आन्दोलित भएका छन् । नेकपा निकट अनेरास्ववियु भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीहरुले सिमा मिच्न नपाइने भन्दै भारतीय पक्षको चर्काे विरोध गरेका छन् ।
उनीहरुले भारतीय विस्तारबाद मूर्दाबाद, भारतको दादागिरि कति सहनु, नेपाली भूमि मिच्न पाइदैन, यस्ता छिमेकी चाहिदैन, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो लगायतका नारा लगाएका थिए ।
विद्यार्थीहरुले क्याम्पसदेखि बेलचौतारा, गल्छिना हुदै दुलेगौडासम्म नारा लगाएर भारतले चालेको कदमको एकजुट भई डटेर सामाना गर्न सवै नेपालीहरुलाई आग्रह समेत गरेका थिए । विपिचोकमा कोणसभा सहित सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु क्याम्पसका अध्यक्ष श्रीराम मरासेनी, सचिव सुसान पौडेल लगायतले बोलेका थिए ।
यस्तै दमौलीमा पनि नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ आदिकवि भानुभक्ता क्याम्पसका विद्यार्थीहरु नेपाली भूमि समेटेको नक्सा स्थगित गर्नुपर्ने भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । दमौली बजारमा संघका विद्यार्थीहरुले “ब्याक अफ इन्डिया”को नारा लगाउदै भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई रोकेर विरोध जनाएका छन् ।
उनीहरूले ‘लिपुलेक, कालापानी नेपालको हो’,‘भारतीय विस्तारवाद मुर्दावाद !’,‘सम्पूर्ण नेपाली एक हौं’ लगायतका नारा लगाएका थिए । विरोध कार्यक्रममा नेविसंघका विद्यार्थीनेताहरु दुर्गा भण्डारी, गौरव पन्थ, सुरदर्शन पोखरेल लगायत बोलेका थिए ।
