कास्की २ मा २५ उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

Share:

पोखरा। मङ्सिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारी दर्तामा २५ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  उपनिर्वाचनका लागि ११ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको र १४ जना पार्टीगत एवं ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने शनिबार गरिने उपाध्यायले बताए ।

यस क्षेत्रमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । यस्तै साझा बाट रजनी केसी, देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारीले पनि उम्मेदार मनोनयनपत्र दर्ता गरेका छन् ।

उम्मेदवारी मनोनयन दर्तासंगै कास्की २ मा चुनावी सरगर्मी बढेको छ ।

यो पनि :

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कमेन्ट गर्नुहोस्
Share: