टी–ट्वान्टीमा एमसीसीसँग नेपालको लज्जास्पद हार

314
0
Share:

काठमाडौं– नेपालले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेटमा लज्जास्पद हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालको मिक्स टिम एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रन समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

नेपाल भ्रमणका क्रममा एमसीसी टोलीले अब पोखरामा मुख्यमन्त्री ११ र कास्की आमन्त्रण ११ संग टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ । सो खेल आगामी सोमबार र मंगलबार पोखरामा हँदैछ ।

एमसीसीसँग खेल्ने पोखरा-११ र मुख्यमन्त्री-११ को टिम घोषणा

 

कमेन्ट गर्नुहोस्
Share: